FAQs Complain Problems

Flash News

सूचना

तहवृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

गाउँ प्रहरी भर्ना सम्बन्धी सूचना !!

उत्तरगङ्गा नदि र सानोभेरी नदिमा राखिएको ह्युम पाइप निकालिने सम्बन्धी सूचना !!!

सूचना !!!

सूचना

सूचना !!!
विगत केहि दिन देखिको अविरल वर्षाका कारण गाउँपालिकाको सबै वडाहरूमा सञ्चार अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । हिजो देखि भारी वर्षाको कारणले खोलानाला बढ्न गई सवारी साधान आवागमन अवरुद्ध भएको छ । नेटवर्क समस्या समाधानको लागि नेपाल टेलिकम रुकुम पूर्वलाई औपचारिक पत्राचार गराउनुको साथै जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वलाई समेत जानकारी गराइएको छ । यस अवस्थामा सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन अवस्थामा नजिकको वडा कार्यालय वा गाउँपालिकाको सम्पर्क व्यक्तिहरू सँग सम्पर्क गर्न अनुरोध गरिन्छ ।गाउँपालिकाले आवश्यक समन्वय एवं उद्धारका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदै सबै स्थानीयबासीलाई सजग र सतर्क रहन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क व्यक्ति:
१.गाउँपालिकाको सूचना अधिकारी; ९८५७८८०४०४/९८५७८३६९३०(WhatsApps)
२. गाउँपालिका आपतकालीन सम्पर्क –९८५७८८०३०३/९८५७८८०४०४
३. सामान्य प्रहरी आपतकालिन(24×7, निःशुल्क): 100

सहयोग र धैर्यताको लागि धन्यवाद ।
— पुथा उत्तरगङ्गा गाउँपालिकाको कार्यालय, तकसेरा रुकुम पूर्व ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।