FAQs Complain Problems

Flash News

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

सम्झौता गर्न आउने बारे ।(Procurement and supply of Laptops for Community Schools)

सम्झौता गर्न आउने बारे ।(Procurement and Supply of medicine for Health Instutions)

विश्व वातावरण दिवस मनाउने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

चालु आ.व २०७९।०८० को स्वीकृत वार्षिक बजेटअनुसार यस गाउँपालिकाअन्तर्गत न्यायिक समितिको कार्यालय मार्फत गाउँपालिकाभित्रका न्यायिक समितिका सदस्य लगायत वडाका मेलमिलाप समितिहरूका लागि सञ्चालन हुन लागेको २ दिने न्यायिक समितिको तालिममा उपस्थित हुने सम्बन्धमा ।

१४ ‍औँ गाउँसभामा पदाधिकारी र कर्मचारीहरुको सामुहिक तस्बिर ।

Read More

विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रममा सहभागीहरु ।

Read More

गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरुको सामुहिक तस्बिर ।

Read More

पदाधिकारीहरुसँग कर्मचारीहरुको तस्बिर ।

Read More

No front page content has been created yet.

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।

जन प्रतिनिधि

गा.पा.अध्यक्ष
फोन:
९८५७८२४२८१
गा.पा.उपाध्यक्ष
फोन:
९८५१३४२१५५

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- कागजात पूर्ण भएमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु
सेवा शुल्कः- आर्थिक ऐन,२०७८ अनुसार
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि

२) नियमानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिस

४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- कागजात पूरा भएमा सोही दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको संयुक्त निवेदन

२) वडा कार्यालयको सिफारिस

३) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

४) खाता सञ्चालन गर्नुपर्ने व्यक्तिहरुको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- कागजात पूरा भएमा सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) बालकको बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३) अस्पतालमा जन्म भएकाको हकमा सञ्चालित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि,
४) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको खोप प्रमाणपत्र,
५) विदेशी भएका आमा बुवाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयमा बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि,
६) बुवा बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु २००। प्रतिलिपि रु ५००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) मृतकको नागरिकता (नागरिकता बनेको भए) र सूचना दिन आउनेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र,
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र,
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र,
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमासमेत स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयमा बसाईसराईको कागज,
३) बसाईसराई गरी जाने ठाउँको जग्गाको लालपुर्जा र जुन ठाउँमा आउने हो सो जग्गाको पनि लालपुर्जा,
४) बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र,
५) जाने/आउने स्वयम् व्यक्तिको नागरिकता वा जन्म दर्ताको प्रतिलिपि,
६) चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु २००। प्रतिलिपि रु ५००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र, सूचकको नागरिकताको प्रतिलिपि,
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि,
३) विदेश स्थित अदालतबाट भएका फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणित गरिएको सक्कल प्रमाणपत्र,
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने ।

जानकारी