FAQs Complain Problems

Flash News

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

सम्झौता गर्न आउने बारे ।(Procurement and supply of Laptops for Community Schools)

सम्झौता गर्न आउने बारे ।(Procurement and Supply of medicine for Health Instutions)

विश्व वातावरण दिवस मनाउने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

चालु आ.व २०७९।०८० को स्वीकृत वार्षिक बजेटअनुसार यस गाउँपालिकाअन्तर्गत न्यायिक समितिको कार्यालय मार्फत गाउँपालिकाभित्रका न्यायिक समितिका सदस्य लगायत वडाका मेलमिलाप समितिहरूका लागि सञ्चालन हुन लागेको २ दिने न्यायिक समितिको तालिममा उपस्थित हुने सम्बन्धमा ।

वडा नं १३

पिपलटुङ केन्द्र रहेको यस वडाका अन्य गाउँ पद्मी, बिर्गुम, ओख्मा र खैरे हुन् । २६.३७ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या १०७७ रहेको छ । साविकको कोल गाविसको वडा नं. ६ र ७ लाई हालको गाउँपालिकाको वडा नं. १३ कायम गरिएको छ । यहाँ मगर, गुरुङ, थकाली, क्षेत्री, छन्त्याल, नेवार जातिको बसोबास रहेको छ ।
वडा नं. १३ का पर्यटकीय गन्तव्य र आकर्षणहरु :-

बिर्गुमखानी :- टक्सार र तामाखानी रहेको यो ठाउँ बिर्गुमखानीको नामले परिचित छ । समुद्री सतहबाट २४६० मिटर उचाइमा रहेको बिर्गुमखानी धार्मिक एवम् साँस्कृतिक महत्वको ठाउँ हो । यहाँ बाह्रैमास पहेँलो रङमा देखिने बराहताल रहेको छ । बराहतालको नजिक तामा धातुकव रङमा देखिने कुवा समेत छ । तामा निकाल्नकै लागि यहाँ रैथाने बासिन्दा बनेको छन्त्याल र नेवारहरु अन्यत्र ठाउँबाट बसाइ गर्न आएको भनिन्छ । तालसँगैकव बराह थानमा वैशाख पूर्णिमा अर्थात् बुद्द जयन्तीका दिन पूजासँगै मेला पनि लाग्छ ।

जाजर छहरा :- ओख्मादेखि उत्तरतर्फको भिरमा रहेको जाजर छहरा यस भेगकै आकर्षक छहरा हो । जाजर भिरमा झर्ने भिर भएकाले स्थानीयले जाजर नामाकरण गरेका हुन् । जाजर भिरमा वर्षेनी भिर माहुरीको चाका लाग्छ ।

जौँलेरुख :- पिपलटुङ र पदमी गाउँ बीचको भञ्ज्याङलाई जौंलेरुख भनिन्छ । जुम्ल्याहा जस्ता लाग्ने दुईवटा बडेमानका राँकुलीका बोट रहेकाले यसलाई जौंलेरुख भनिएको हो । यी आफैँ उम्रेका नभई रोपिएका हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । रुखसँगै रहेका शिलालेख, चौपारी, बिसाउनाको खोज तथा अन्वेषण गरे यस भेगको मानव सभ्यताको मियो ठम्याउन सकिने प्रबल सम्भावना छ ।

Ward Contact Number: 
९८६८९५६३३९

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।