FAQs Complain Problems

Flash News

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

सम्झौता गर्न आउने बारे ।(Procurement and supply of Laptops for Community Schools)

सम्झौता गर्न आउने बारे ।(Procurement and Supply of medicine for Health Instutions)

विश्व वातावरण दिवस मनाउने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

चालु आ.व २०७९।०८० को स्वीकृत वार्षिक बजेटअनुसार यस गाउँपालिकाअन्तर्गत न्यायिक समितिको कार्यालय मार्फत गाउँपालिकाभित्रका न्यायिक समितिका सदस्य लगायत वडाका मेलमिलाप समितिहरूका लागि सञ्चालन हुन लागेको २ दिने न्यायिक समितिको तालिममा उपस्थित हुने सम्बन्धमा ।

वडा नं १

मैकोट केन्द्र रहेको यस वडाका मैकोट, पुषर, जुनाङ र दुले प्रमुख गाउँ हुन् । पुन, घर्ती, बुढा, रोका, कामी, दमाई, गुरुङ र शाहीठकुरी जातिका मानिसहरु यस वडामा बसोबास गर्दछन् । ३४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको जनसङ्ख्या १४३३ रहेको छ । साविकको रन्मामैकोट गाविसको १, २ र ३ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. १ कायम गरिएको छ । यस वडाको सिङ्गो लेकाली भू-भाग ढोरपाटन वन्यजन्तु आरक्षभित्र परेकाले सोहि ओगटिएको भूगोल वडाको क्षेत्रफलसँग जोडिएको छैन । यद्यपि वडाको स्थानीय अर्थतन्त्र र जनजीविका आरक्षित क्षेत्रसँग अन्योन्याश्रित छ ।
वडा नं.१ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

पुथा हिमाल :- ७२४६ मिटर अग्लो यो हिमाल लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो हो । यसलाई पुथा पहिलो पनि भन्ने गरिएको थियो । यो २८ डिग्री ४४ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०८ मिनेट ५३ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । डोल्पा र रुकुम पूर्वको सीमानामा रहेको यस हिमाललाई डोल्पा (उत्तरी) मोहडाबाट धेरैजना विदेशी तथा स्वदेशी आरोहीले सफल आरोहण गरेका छन् । गाउँपालिकाको नामाकरणमा यसै पनि 'पुथा' शब्द जोडिएको हो । हिमालको नामाकरण पनि स्थानीय मगर खाम भाषाबाटै राखिएको छ । यस हिमालले गाउँपालिकाको वडा नं. २ को केही भू-भाग समेत समेटेको छ ।

मैकोट गाउँ :- गाउँपालिकामै आकर्षक गाउँ मध्येमा यो गाउँ पर्दछ । खेतीयोग्य जमिनलाई बचाएर चट्टान तथा पहरोमाथि निर्माण गरिएको मध्ययुगीन मानव बस्तीको संरचना हेर्न र बुझ्न लायक छ । यसलाई "जीवन्त सङ्ग्रहालय" को रुपमा संरक्षण र संवर्द्दन गर्दै आन्तरिक र बाह्य पर्यटकलाई तान्न सकिन्छ । यहाँको चौतारमा रहेको किम्बुको रुख गाउँपालिकामै सबैभन्दा ठूलो र बुढो मानिन्छ । मुख्य राष्ट्रिय चाड तिहारको सट्टा यहाँ मङ्सिरे सक्रान्ति पर्व मनाईन्छ ।

मस्टा थान :- कर्णाली र सुदुरपश्चिममा कतै कुलदेवता त कतै इष्टदेवताको रुपमा मानिने मस्टालाई मैकोटमा दाह्रे मस्टाको रुपमा पूजा गरिन्छ । मस्टा अदृश्य रहने देवता भएको भन्दै थानमा यसको नाममा कुनै मूर्ति राखिएको छैन । यद्यपी मस्टा बस्ने भनिएको मस्टाथानलाई मैकोट गाउँको शिरमा श्रीपेच सरह सजाइएको छ । स्थानीय वृद्दहरुका अनुसार जाजरकोटमा रहेको मस्टालाई जेठा, डोल्पाको त्रिपुराकोटमा रहेको मस्टालाई माइला र यहाँको मस्टालाई कान्छा भन्ने गरिएको छ ।

दुले :- खासमा यसलाई स्थानीयहरुले "अर्वैथुर" को नामले चिनिन्छन् । यहाँबाट तातापानी, मैकोट, यमाखार र जुनाङ प्रस्थान गरिन्छ । पुपाल, डोल्पा लगायत सेङ र दोगाडी ब्लकको प्रवेशद्वारको आधारविन्दु हो । यहाँका होटलहरु ज्यादा होटलहरु ज्यादा पुराना भए पनि भर्खरभर्खर व्यावसायिक बन्दै गएका छन् ।

सिद्दपातल :- १० वर्षअघि सामुदायिक वनको रुपमा दर्ता गरिएको सिद्दपातल मैकोटको एक आकर्षण हो । रानी सल्लाको जङ्गलले मात्र सामुदायिक वनको आधा भाग ओगेटको छ । यहाँ सिद्दको थान रहेकाले पनि यो वनलाई सिद्दपातल नामाकरण गरिएको हाे ।

Population: 
_
Ward Contact Number: 
९८६६२५३०३०

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।