Flash News
वडा नं ५
हुकाम केन्द्र रहेको यस वडाका अन्य गाउँहरु काजरजङ ,फुलबाङ,उज्र्याङ र गरघाट हुन् । यहाँ घर्ती ,बुढा ,पुन, रोका ,झाँक्री थरका मगरसँगै कामी , दमाई ,ठकुरी ,क्षेत्री र ब्राहमण बसोबास गर्दछन् । ढोरपाटन वन्यजन्तु आरक्षको फागुने ब्लकले सानो अंश ओगटेको यो वडा ७४.२४ वर्गकिलोमिट। क्षर्त्रफलमा फैलिएको छ भने जनसंख्या १,५२३ रहेको छ । साविकको हुकाम गाविसको १ देखि ७ सम्मका वडालाई हालको गाउँपालिकाको वडा ५ कायम गरिएको छ ।यहाँको दुईतिहाइ भूभाग बाक्लो वनजंगलले ढाकेको छ । काष्ठपैदावारले यो वडा गाउँपालिकामै धनीमध्येका पर्दछ । उही भौगोलिक धरातलमा बुकी र औल दुवै हसनस यस वडाको विशेषता हो । पूर्वोत्तरतर्फ फकिएको भूधरातल मात्र नभई बिहानको कलिलव घाम प्रत्यक्ष लाग्ने भएकैले जमिन अति नै उर्वर र अनाजिलो छ । आलु , फापर ,कोदो , भटमास ,जहुँ ,गहुँ, लत्ते ,सिमी, फर्सी मकैसँगै तोरी,स्याउ, सुन्तला लगायत ढटेलो, अतिस, बिख्मा, अलैंची जस्ता गैरकाष्ठ वनपैलावा।कव व्यासायिक खेती विस्तार गरे स्थानीय अर्थतन्त्र सबल बन्ने सम्भावना छ । लौंठसल्ला र ओखरको बाक्लो जंगलले गर्दा यो वडाको मध्यभागका वन अति महत्वपूर्ण मानिएको छ ।
वडा नं.५ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :
हुकाम गाउँ :- बाक्लो जंगलको बीचमा खोरिया फाँडेर बस्ती बसाउँदा सुरुका वर्षहरुमा बँद्लले दिएका सास्तीबटै 'हुकाम' अर्थात् 'उनाम' नाम रहन गएको अधिकांश स्थानीयको बुझाइ छ । बँदेलले नखोर्सेको , नजोतेको कुनै पाखा र कूना बाँकी नभएपछि कालान्तरमा बँदेल चर्ने जमिनको रुपमा उनाम नाम रहेको पाइन्छ । स्थानीय भाषामा 'उ' भनेको बँदेल र 'नाम' भनेको जमिन हो । 'बँदेल बस्ने जमिन' बाटै 'उनाम' नामको रैथाने नामकरणमा तयसबेलाबो प्रशासनिक कामकाजमा रनाम शब्दलाई बोलाइलेखाक्षको सहजताका लागि हुकाम नामाकरण गरिएको मान्न सकिन्छ ।
रिसलाडाँडा :-सामरिक हिसाबले आकर्षक थुम्का हो । पुरातात्विक महत्वको यो थुम्कालाई नेपाली सेनाले २।२ पटक अस्थायी क्याम्पको रुपमा प्रयोग गर्यो । २०५९ असोज २२ र २०६१ चैतमा राज्यतर्फबाट माओवादीविरुध्द जारी सैन्य अपरेसनका बखत यस भेगमा परिचलित नेपाली सेना , सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले यहाँ क्याम्प बसालेको थियो । बाइसीचौबीसी राज्यकालमा कोट (गढी) ठानिएको यस डाँडालाई मुर्दा गाड्ने चिहानको रुपमा उपयोग गरिएको छ । रिसालाडाँडाको थुम्कोलाई उत्खनन गरे यसभित्रको जमिनबाट पुरातात्विक महत्वका अभिलेख ,भग्नावशेष,औजार ,हातहतियार तथा पूर्वजहरुले कुनै एक जमानामा उपयोग गरेका मानपनिर्मित वस्तु तथा चिजबिज भाँडावर्तन ,गरहना आदि भेटिन सक्ने बलियो सम्भावना छ । भोजपत्रको रुखलाई स्थानीय खाम भाषामा रिसला भनिन्छ । बितेका पुर्खाहरुको पालामा यो डाँडामा कतै रिसलाका रुख त थिएनन् भन्ने सवाल उठ्नु कौतुहलको विषय हो ।
ताँकुर उपत्यका र फागुने भञ्ज्याङ :- ढोरपाटन-पुपाल-डोल्पा पदमार्गको आकर्षक क्याम्पसाइट मध्येमा पर्छ । यो एक उच्च पहाडी ईलाकाको सुन्दर उपत्यका हो । यहाँको जस्तो प्रकृतिक सौन्दर्य मुलुकका अन्यत्र भूगोलमा विरलै छन् । उपत्यका बीचमा दुईटा आकर्षक खोलाको दोभान हुनुले पनि यसको सौन्दर्यलाई थप उचाइ दिएको छ । धूपी ,भोजपत्र ,ठिंग्रेसल्ला, खर्सु ,चिमाल ,निगालो लगायतका वनस्पतियुक्त जंगलले घेरिएको यो उपत्यकाको पूर्वी सिराजमा खोलादर्क रहेको छ । खोलाखर्कदेखि पूर्व शिर र दक्षिणपूर्वको फुर्से देउराली र दक्षिणपश्चिमी भाग फागुनेसम्म लेकाली ढाल तथा ठाँकुरको दक्षिण सिरानको हिल्ला भिरालो भागमा स्की (हिउँ चिप्लेछी ) खेल्न उपयुक्त रहेको पर्यटनविज्ञ महावीर पुनको ठम्याइ छ ।