FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०१-२०८०।०८१, रोजगार संयोजक पद)

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

वडा नं ५

हुकाम केन्द्र रहेको यस वडाका अन्य गाउँहरु काजरजङ ,फुलबाङ,उज्र्याङ र गरघाट हुन् । यहाँ घर्ती ,बुढा ,पुन, रोका ,झाँक्री थरका मगरसँगै कामी , दमाई ,ठकुरी ,क्षेत्री र ब्राहमण बसोबास गर्दछन् । ढोरपाटन वन्यजन्तु आरक्षको फागुने ब्लकले सानो अंश ओगटेको यो वडा ७४.२४ वर्गकिलोमिट। क्षर्त्रफलमा फैलिएको छ भने जनसंख्या १,५२३ रहेको छ । साविकको हुकाम गाविसको १ देखि ७ सम्मका वडालाई हालको गाउँपालिकाको वडा ५ कायम गरिएको छ ।यहाँको दुईतिहाइ भूभाग बाक्लो वनजंगलले ढाकेको छ । काष्ठपैदावारले यो वडा गाउँपालिकामै धनीमध्येका पर्दछ । उही भौगोलिक धरातलमा बुकी र औल दुवै हसनस यस वडाको विशेषता हो । पूर्वोत्तरतर्फ फकिएको भूधरातल मात्र नभई बिहानको कलिलव घाम प्रत्यक्ष लाग्ने भएकैले जमिन अति नै उर्वर र अनाजिलो छ । आलु , फापर ,कोदो , भटमास ,जहुँ ,गहुँ, लत्ते ,सिमी, फर्सी मकैसँगै तोरी,स्याउ, सुन्तला लगायत ढटेलो, अतिस, बिख्मा, अलैंची जस्ता गैरकाष्ठ वनपैलावा।कव व्यासायिक खेती विस्तार गरे स्थानीय अर्थतन्त्र सबल बन्ने सम्भावना छ । लौंठसल्ला र ओखरको बाक्लो जंगलले गर्दा यो वडाको मध्यभागका वन अति महत्वपूर्ण मानिएको छ ।
वडा नं.५ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

हुकाम गाउँ :- बाक्लो जंगलको बीचमा खोरिया फाँडेर बस्ती बसाउँदा सुरुका वर्षहरुमा बँद्लले दिएका सास्तीबटै 'हुकाम' अर्थात् 'उनाम' नाम रहन गएको अधिकांश स्थानीयको बुझाइ छ । बँदेलले नखोर्सेको , नजोतेको कुनै पाखा र कूना बाँकी नभएपछि कालान्तरमा बँदेल चर्ने जमिनको रुपमा उनाम नाम रहेको पाइन्छ । स्थानीय भाषामा 'उ' भनेको बँदेल र 'नाम' भनेको जमिन हो । 'बँदेल बस्ने जमिन' बाटै 'उनाम' नामको रैथाने नामकरणमा तयसबेलाबो प्रशासनिक कामकाजमा रनाम शब्दलाई बोलाइलेखाक्षको सहजताका लागि हुकाम नामाकरण गरिएको मान्न सकिन्छ ।

रिसलाडाँडा :-सामरिक हिसाबले आकर्षक थुम्का हो । पुरातात्विक महत्वको यो थुम्कालाई नेपाली सेनाले २।२ पटक अस्थायी क्याम्पको रुपमा प्रयोग गर्‍यो । २०५९ असोज २२ र २०६१ चैतमा राज्यतर्फबाट माओवादीविरुध्द जारी सैन्य अपरेसनका बखत यस भेगमा परिचलित नेपाली सेना , सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले यहाँ क्याम्प बसालेको थियो । बाइसीचौबीसी राज्यकालमा कोट (गढी) ठानिएको यस डाँडालाई मुर्दा गाड्ने चिहानको रुपमा उपयोग गरिएको छ । रिसालाडाँडाको थुम्कोलाई उत्खनन गरे यसभित्रको जमिनबाट पुरातात्विक महत्वका अभिलेख ,भग्नावशेष,औजार ,हातहतियार तथा पूर्वजहरुले कुनै एक जमानामा उपयोग गरेका मानपनिर्मित वस्तु तथा चिजबिज भाँडावर्तन ,गरहना आदि भेटिन सक्ने बलियो सम्भावना छ । भोजपत्रको रुखलाई स्थानीय खाम भाषामा रिसला भनिन्छ । बितेका पुर्खाहरुको पालामा यो डाँडामा कतै रिसलाका रुख त थिएनन् भन्ने सवाल उठ्नु कौतुहलको विषय हो ।

ताँकुर उपत्यका र फागुने भञ्ज्याङ :- ढोरपाटन-पुपाल-डोल्पा पदमार्गको आकर्षक क्याम्पसाइट मध्येमा पर्छ । यो एक उच्च पहाडी ईलाकाको सुन्दर उपत्यका हो । यहाँको जस्तो प्रकृतिक सौन्दर्य मुलुकका अन्यत्र भूगोलमा विरलै छन् । उपत्यका बीचमा दुईटा आकर्षक खोलाको दोभान हुनुले पनि यसको सौन्दर्यलाई थप उचाइ दिएको छ । धूपी ,भोजपत्र ,ठिंग्रेसल्ला, खर्सु ,चिमाल ,निगालो लगायतका वनस्पतियुक्त जंगलले घेरिएको यो उपत्यकाको पूर्वी सिराजमा खोलादर्क रहेको छ । खोलाखर्कदेखि पूर्व शिर र दक्षिणपूर्वको फुर्से देउराली र दक्षिणपश्चिमी भाग फागुनेसम्म लेकाली ढाल तथा ठाँकुरको दक्षिण सिरानको हिल्ला भिरालो भागमा स्की (हिउँ चिप्लेछी ) खेल्न उपयुक्त रहेको पर्यटनविज्ञ महावीर पुनको ठम्याइ छ ।

Ward Contact Number: 
९७४९७६२८१३

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।