FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

प्रस्तावना सहित कार्यसम्पादन सम्झौता गर्न आउने सम्बन्धमा ।

सवारी साधन सञ्चालन अनुमति पत्र लिने सम्बन्धी सूचना!!!

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्ब्नधमा ।

कार्यालय सहयोगिको लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!

वडा नं १२

कोल केन्द्र रहेको यस वडामा गोलखाडा, गर्खानी, फल्नै, छमारी र जाजरबाङ (‌ओख्मा) गाउँ रहेका छन् । ३५.९१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २०५० रहेको छ । साविकको कोल गाविसको १, २, ३, ४, ५, ८ र ९ नं. वडालाई हालको गाउँपालिकाको वडा नं.१२ कायम गरिएको छ । यहाँ पुन, बुढा, रोका, घर्ती थर भएका मगरसँगै कामी, दमाई, छन्त्याल, ठकुरी र क्षेत्री जातिको बसोबास रहेको छ । एक समयमा जिल्ला सदरमुकाम र गाउँपालिका केन्द्र दुवै यस वडा रहेका थिए ।
वडा नं.१२ का पर्यटकीय गन्तव्य र आकर्षणहरु :

सुनपानी गुफा :- कोल गाउँदेखि ४ सय मिटर तल, उत्तरगङ्गा नदीको बायाँ किनारातर्फ ५० मिटर माथि करिब १५ मिटर फरकका स्थानमा चानीकुङ, मिकुङ, सुनकुङ नामका गुफा छन् । यी ३ गुफालाई नै समग्रमा सुनपानी गुफा नामाकरण गरिएको छ । ३ वटै गुफा निकै अपत्यारिलो र डरलाग्दा मात्र छैनन् बडो कलात्मक र लोभलाग्दा पनि छन् । परापूर्वकालमा कोलदेखि ५ सय मिटर माथि एउटा मृगलाई शिकारी कुकुरले लखेट्दै ल्याउँदा निमकुङ गुफा पसेको ७ दिनपश्चात् गाउँदेखि तलको गुफाबाट सोही शिकारी कुकर मात्र बाहिरिएपछि त्यसै गुफालाई आधार मानी सुनपानी गुफा पत्ता लागेको भन्ने जनश्रुति छ ।

क्युबाङ :- साँस्कृतिक तथा धार्मिक थलो हो । प्राकृतिक सौन्दर्य बोकेको यस थलोमा बैशाख पूर्णिमाको दिन विभिन्न ठाउँबाट पूजा गर्न आउँछन् । र यसैदिन ठुलो मेला पनि लाग्दछ । यो दिन बुद्दजयन्ती भएकाले पनि मेलाको रौनक अझ बढ्छ । ब्राहमण संस्कार विस्तारको छापले बुद्दजयन्तीकै दिन हिंसाको प्रश्रय हुने गरी यहाँ वर्षेनि ७० देखि ८० वटाको भेडाको साँड बलि दिइनु अनौठो लाग्छ । रोल्पाको जलजला लेकको बराहलाई जेठा, बाग्लुङको ढोरपाटन उपत्यकाको उत्तरगङ्गास्थित ढोरबराहलाई माइला र यहाँको सिद्दबराहलाई कान्छा भन्ने गरिएको छ । पछिल्लो समय यहाँ बुद्दको धातुयुक्त प्रतिमा सिद्दबराह थान नजिकै सजाएर राखिएको छ । क्युबाङ एक जक्सन मात्र नभई गाडीमा सवार गर्ने नवआगन्तुकहरुलाई केही समय भुलाउन सकिने ठाउँ पनि हो । त्यसका लागि पर्यटकलाई खर्च गराउन आवश्यक रिसोर्ट र पर्यटकमैत्री होटलको संरचना खडा गर्न सकिने लोकेशन हो ।

Ward Contact Number: 
९७४२८३७३६४

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।