FAQs Complain Problems

Flash News

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

सम्झौता गर्न आउने बारे ।(Procurement and supply of Laptops for Community Schools)

सम्झौता गर्न आउने बारे ।(Procurement and Supply of medicine for Health Instutions)

विश्व वातावरण दिवस मनाउने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

चालु आ.व २०७९।०८० को स्वीकृत वार्षिक बजेटअनुसार यस गाउँपालिकाअन्तर्गत न्यायिक समितिको कार्यालय मार्फत गाउँपालिकाभित्रका न्यायिक समितिका सदस्य लगायत वडाका मेलमिलाप समितिहरूका लागि सञ्चालन हुन लागेको २ दिने न्यायिक समितिको तालिममा उपस्थित हुने सम्बन्धमा ।

वडा नं ६

मयाङ केन्द्र रहेको यस वडाको एउटा हिस्सा डिम्मुरगैरा पनि हो । १३.६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको जम्मा जनसङ्ख्या ६२५ रहेको छ । साविकको हुकाम गाविसको वडा नं. ८ र ९ लाई हालको गाउँपालिकाको वडा नं. ६ कायम गरिएको छ । सेन, मल्ल र शाही थरका ठकुरीहरुसँगै कामी, मगर, दमाई, क्षेत्री जातिका मानिसहरु बसोबास गर्दछन् । जुम्ली खस यहाँको भाषा हो । वडाको तीनचौथाइ भूभाग वनजंगलले ओगटेको छ । काष्ठ वनपैदावारको हिसाबले गाउँपालिकाको सबै भन्दा धनी वडा हो । रानी ,खोटे, ठिङ्ग्रे लगायत ६ जातको सल्ला भेटिनु यस भेगको जङ्गलको मुख्य विशेषता हो । सल्ला ,बाँझ, खस्रु, फलाँट ,गुराँस आदिको बाक्ला जंगल र निगालोको झाडीका कारण यो वन्यजन्तुको सुरक्षित आश्रयस्थल पनि हो । यो वडामा मात्रै पानिपातल , सल्लेरी र तातोपानी नामका ३ वटा वन सामुदायिक वनको रुपमा दर्ता गरिएका छन् ।
वडा नं.६ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

मयाङ गाउँ :- मल्लकालनी युगको झल्को दिने गाउँ मयाङ हो । यसै पनि यहाँका अधिकाशं बासिन्दा ठकुरीहरु छन् । भाषामा जुम्ली खसको प्रभाव छ । मगरहरुको अधिपत्य रहेको यस भेगमा ठकुरीहरुको अस्तित्व कसरी रहन गयो, चासोको विषय छ । मयाङ्गीहरुको सिन्की पार्ने विधिलाई मेहनत, धैर्य र लगनशीलताको त्रिवेणी मान्न सकिन्छ । कोसेलीका लागि मयाङको सिन्की (गुन्द्रुक) अधिक खपत हुने गरेको छ । मयाङ्गीहरु अन्यत्र गाउँको जस्तै खस आर्यले मनाउने दशैँ, तिहार लगायतका चाड मनाउने गर्दछन् ।

तातोपानी :- साङखोला र सानीभेरीको दोभानको दायाँतिर तातोपानीको मुहान रहेको छ । हिउँदको बेला पोखरी हुने तर वर्षातमा भने भेलले ढाक्ने हुँदा यसबाट स्थानीयले लाभ लिन नसकिरहेको अवस्था छ । यस गाउँपालिकाको वडा नं. ४ र ६ मा रहेका गाउँहरुबाट यहाँ झर्न बराबरको समय र दुरी लाग्छ । तातोपानिको मुहान भएकाले यस आसपासको जङ्गललाई तातोपानी सामुदायिक वनको रुपमा समेत दर्ता गरिएको छ ।

Ward Contact Number: 
९८६४३६०५१२

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।