FAQs Complain Problems

Flash News

सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सूचना ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८)को वार्षिक परिक्षाको आवेदन फाराम भराउने सम्बन्धी सूचना !!! रआधारभूत तह कक्षा ८ को प्रयोगात्मक अङ्क प्रविष्ट सम्बन्धमा ।

Invitation of eBid

मेलमिलापकर्ता सूचिकृत हुने सम्बन्धमा ।

वडा नं ७

जाङ केन्द्र रहेको यस वडाका अन्य गाउँ खारखोला र घुर्बाङ हुन् । २२.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसंख्या ८१४ रहेको छ । साविकको जाङ गाविसको १ र २ वडालाई हालको गाउँपालिकाको वडा नं. ७ कायम गरिएको छ । यहाँ मगर,कामी ,दमाई,क्षेत्री र ब्राहमण बसोबास गर्दछन् । अधिकत्तम भूभाग भिरैभिरले आगटेको यस वडामा घाँसको व्यावसायिक खेती फस्टाउन सक्छ । यसो गर्दा भिरालो जमिन पनि उपयोगमा आउने मात्र नभई भुक्षय न्यूनीकरणमा योगदान पुर्‍याउन सकिन्छ ।
वडा नं.७ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

जाङ गाउँ :- सुन्तला, केरा, बदाम, उखु र मकै खेतीको उपयुक्त थलो हो । सानीभेरीको बायाँ शिरमा रहेको जाङ गाउँका अधिकांश घरहरु परम्परागत थारे शैलीका छन् । सानीभेरीका असला माछाको सङ्कलन गरी असला माछाको व्यावसायिक पालन सुरु गरे राम्रो बजार ओगटन् सक्ने सम्भावना राख्दछ ।

भिउँकात्रे :- यसलाई भिउँसेनलिङ्ग पनि भनिन्छ । पुरुषको लिङ्ग पहरोमा घोपेर छेद्न गरेको विचित्रको आकृति देख्न सकिन्छ । आफ्नी प्रेमिका आउन नमानेको झोँकमा भिउँसेन नामको दानवले चट्टानलाई नै स्त्रीको योनीमा घोप्दै आफ्नो उत्तेजित लिङ्गलाई छेद्न गरेर छाडेको भन्ने कहावत छ ।

सलाप धुरी :- सिस्ने हिमालको दृश्यावलोकन गर्न यो धुरी गज्जबको "हिल स्टेशन" बन्न सक्छ । सलापदेखि खासिङ हरम डाँडासम्म बीचबीचमा आगन्तुकका लागि मौलिक शैलिका चौपारी, बिसाउना र प्रतिक्षालय निर्माण गर्न सके यस क्षेत्रको पर्यटकीय र पुरातात्विक महत्वलाई उजागर गर्न बल पुग्ने देखिन्छ ।

खासिङ हरम झाँक्री :- सलाप धुरीको पूर्वपट्टि रहेको खासिङ डाँडा मनसुनी गाईखर्क र हिउँदमा भेडिखर्क हो । खासिङ र हरम नामका दुई दिवगैत झाँक्रीको चिहान नजिक तिनकै नाममा बनाइएको देवता थानलाई जङ्गलीहरु वर्षेनी पूजा गर्दछन् । परापूर्वकालमा जाङ गाउँमा जन्मे हुर्केर अलौकिक शक्ति आर्जेका खासिङ र हरम नामका झाँक्रीलाई कुल देवताको रुपमा अझै पुज्ने गरिन्छ । शताब्दीयौँ पुरानो यो चिहानमा झाँक्रीका अस्त्रवस्त्र र दुर्लभ ताडपत्रहरु गाडिएकाले पनि यो डाँ८ाको आफ्नै पुरातात्विक महत्व छ ।

भुरुल तामाखानी :- पारिलो र भिरालो जमिनमा रहेको भुरुल तामाखानी जाङ गाउँबाट खारावाङ जाने बाटोमा पर्दछ । यहाँ पुग्न जाङबाट ३ किलोमिटर दुरी बराबरको पैदलमार्ग तय गर्नुपर्छ ।

Ward Contact Number: 
९८६६९६३८२४

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।