FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

वडा नं ८

खराङ केन्द्र रहेको यस वडाका अन्य गाउँहरु गराली , गुङ ,चुमा हुन् । ८१.८८ वर्गकिलोमिटर रहेको यस वडाको जनसंख्या १,२५२ रहेको छ । साविकको जाङ गाविसको ३ देखि ७ सम्मको वडालाई हालको गाउँपालिकाको वडा नं. ८ कायम गरिएको छ । यहाँ मल्ल ,सेन , शाही , थरका ठकुरीसँगै क्षेत्री , कामी ,मगर बसोबास गर्छन् । तुलनातमक रुपमा वडा नं. ९ बाहेक अन्य वडाभन्दा यहाँका वासिन्दा बढी साक्षर र गाउँहरु पनि उस्तै सफा छन् । वडा नं. ८ ठकुरी संस्कारको उर्वर वडा हो । गुङमा बराह थान ,खराङमा शाईकुमारी मन्दिर र गरालीमा हाइपूजा तथा देउपूजा नामका थानहरु रहेका छन् । अन्यत्र ठाउँका आर्य खस जस्तै यहाँको वसिन्दा दशैं ,तिहार , तीज लगायतका चाड धुमधामले मनाउँदछन् । समग्रमा वडा नं. ८ अरु वडाको दाँजोमा सभ्य र समयानुकूल क्रियाहील पनि छ । पैसेरी यहाँको मुख्य लोक सांस्कृतिक नृत्य हो ।
वडा नं.८ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

चारगाउँ :- खराङ, गराली, गुङ र चुमा यो चारवटा गाउँहरुको संयुक्त नाम नै चारगाउँ हो । ठकुरीको बाहुल्यता रहेको चारगाउँ पर्यटकका लागि उपयुक्त वासस्थान बन्न सक्नेमा कुनै दुईमत छैन । सिस्नेतर्फको प्रवेश थलो चारगाउँ हो । यहाँको हावापानी र जमिन सुन्तला खेतीको लागि उपयुक्त रहेको भन्दै पकेट एरियाको रुपमा विकास गर्न लागिएको छ । कागती, उखु, केरा, अनार, ओखर, तोरी लगायतका नगदेबालीको व्यावसायिक खेतीका लागि उपयुक्त भूमि पनि हो ।

लालपाटन :- करिब ४ हजार मिटर उचाको आसपासमा रहेको लालपाटन वडा नं.८ सँगै ४, ७ र ढ को संयुक्त बुकी लेक हो । घोडाखच्चड, गाईभैँसी र भेडाबाख्राहरु पालनको लागि मनसुनी खर्कको लागि यी ४ वडाको साझा थलोको रुपमा यसले पहिचान बनाएको छ । पूर्वतर्फ पारिलो भई फर्केको लेकाली बुकी हिउँदको बिहानी दृश्यमा रातो देखिने भएकाले लालपाटन नामाकरण गरिएको स्थानीयहरुको बुझाइ छ । बिहानीको पारिलो घाम ताप्न बथानको बथान नाउरको बगाल देख्न सकिन्छ । नाउर, झारल, कस्तूरी, मृग यहाँ पाइने मुख्य वन्यजन्तु हुन् । यहाँबाट वडा नं.३ को साङ्रे लेक हुँदै डोल्पाको ताली दुर्गाउ-जुफाल हुँदै दुनै पुग्न सकिन्छ । चारगाउँको बाउले खोला र खारावाङको डुम्रीघाट खोलाको मुहान लालपाटनबाटै बग्ने गर्दछ ।

मलाक्चा :- खराङ र खारखोला बीचको हाइटमा अवस्थित मलाक्चा चारगाउँमध्येमै बास बस्न लायकको स्थान हो । यहाँबाट सम्मुखमै सिस्ने हिमाल उभिएको देखिन्छ । सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिकाको बीचको सीमाना भएर बग्ने लाचे खोला तथा गुङ र गराली बीचको बाउले खोलाको संगमस्थल पनि स्पष्ट खेनि्छ । सँगैको सामुदायिक वनले मलाक्चा अझ वातावरणमैत्री बनेको छ ।

बाउले छहरा :- बर्खा सिजनका बखत भारी वर्षा हुँदा बौलिने भएकाले चारगाउँलेहरु यस छहराको तल्लो खोलाको भागलाई बाउले खोला भन्दछन् । लालपाटनबाट बग्दै आएको खोला चारगाउँको भित्री सिरानमा झर्दा यसले आकर्षक छहराको रुप लिन्छ ।

Ward Contact Number: 
९८६४९८८१४८

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।