FAQs Complain Problems

Flash News

सूचिकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

व्यवसाय दर्ता/नविकरण गर्ने सम्बन्धी जरुरी सूचना !!!

विवरण उपलब्ध गराउने/ गराउन सहयोग गर्ने सम्बन्धी सूचना ( जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्व पत्रानुसार)

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु २००। प्रतिलिपि रु ५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र, सूचकको नागरिकताको प्रतिलिपि,
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि,
३) विदेश स्थित अदालतबाट भएका फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणित गरिएको सक्कल प्रमाणपत्र,
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने ।

प्रक्रिया: 

१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।