Flash News
बसाइसराई जाने/आउने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयमा बसाईसराईको कागज,
३) बसाईसराई गरी जाने ठाउँको जग्गाको लालपुर्जा र जुन ठाउँमा आउने हो सो जग्गाको पनि लालपुर्जा,
४) बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र,
५) जाने/आउने स्वयम् व्यक्तिको नागरिकता वा जन्म दर्ताको प्रतिलिपि,
६) चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
प्रक्रिया:
१) घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाईसराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने,
२) एकजनाको मात्र बसाईसराई भए निजले सूचना दिने ।