FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

वडा कार्यालयहरु

वडा नं ५

हुकाम केन्द्र रहेको यस वडाका अन्य गाउँहरु काजरजङ ,फुलबाङ,उज्र्याङ र गरघाट हुन् । यहाँ घर्ती ,बुढा ,पुन, रोका ,झाँक्री थरका मगरसँगै कामी , दमाई ,ठकुरी ,क्षेत्री र ब्राहमण बसोबास गर्दछन् । ढोरपाटन वन्यजन्तु आरक्षको फागुने ब्लकले सानो अंश ओगटेको यो वडा ७४.२४ वर्गकिलोमिट। क्षर्त्रफलमा फैलिएको छ भने जनसंख्या १,५२३ रहेको छ । साविकको हुकाम गाविसको १ देखि ७ सम्मका वडालाई हालको गाउँपालिकाको वडा ५ कायम गरिएको छ ।यहाँको दुईतिहाइ भूभाग बाक्लो वनजंगलले ढाकेको छ । काष्ठपैदावारले यो वडा गाउँपालिकामै धनीमध्येका पर्दछ । उही भौगोलिक धरातलमा बुकी र औल दुवै हसनस यस वडाको विशेषता हो । पूर्वोत्तरतर्फ फकिएको भूध

वडा नं ४

अर्जल केन्द्र रहेको यस वडाका अन्य गाउँहरु घुन्मा,दापार्नै ,काँडा र चाँडा हुन् । यहाँ पुन र बुढा थरका मगर ,कामी , दकाई र गौचन थरका थकाली बसोबास गर्दछन् । १३.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ७७२ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं.८ र ९ लाई हालको गाउँपालिकाको वडा नं.

वडा नं ३

रन्मा यस वडाको एउटै सिंगो गाउँ हो । यहाँ बुढा थरका मगरसँगै कामी र दमाई बसोबास गर्छन । १०.२२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ६४६ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं. ६ र ७ लाई हालको गाउँपालिकाको वडा नं. ३ कायम गरिएको छ । प्रशस्त बुकीक्षेत्र रहेको यस वडाका थुप्रै आकर्षक थलोहरु छन् । यस वडाको सिंगो लेकाली भूभाग ढोरपाटन शिकारआरक्षभित्र परेकोले सोही ओगटिएको भूगोल वडाको क्षेत्रफलसङ्ग जोडिएको छैन । यद्यपी वडाको स्थानीय अर्थतन्त्र जनजीविका आरक्षित क्षेत्रसँग अन्योन्याश्रित छ । नक्साङ्कनका आधारमा यो पुथा उत्तरगङ्गाको सबैभन्दा कम क्षेत्रफलको वडा हो ।

वडा नं २

पेल्मा केन्द्र रहेको यस वडाका अन्य गाउँहरु यमाखार, झार्लुङ, हिम, गुइबाङ, तिज्याङ, रल, हार्दिवाङ र जुस्मर हुन् । यहाँ बुढा, घर्ती, पुन, रोका, झाँक्री, कामी, खत्री, दमाई लगायतका जातिहरु बसोबास गर्दछन् । ३०.६१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ९२६ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं. ४ र ५ लाई हालको गाउँपालिकाको वडा नं.२ कायम गरिएको छ । यस वडाको सिङ्गो लेकाली भू-भाग ढोरपाटन वन्यजन्तु आरक्षभित्र परेकाले सोहि ओगटिएको भूगोल वडाको क्षेत्रफलसँग जोडिएको छैन ।
वडा नं.२ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।