FAQs Complain Problems

Flash News

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा

अन्तर्वार्ता परीक्षा हुने सम्बन्धी सूचना ।

सेवा करार सम्बन्धी सूचना !!!

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना !!!

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना !!!

विवाह दर्ता

लाग्ने समय: 
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) दुलहा/दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
४) कुनै एकजना विदेशमा रहे विदेशस्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
५) अदालतबाट नाता कायम भएको अवस्थामा दुलहा वा दुलही एक नभएमा अदालतबाट नाता कायम भएको कागज,
६) हालसाले खिचेको अटो साईजको फोटो ।

प्रक्रिया: 

१) दुलहा र दुलही दुवै उपस्थित भई सूचना दिने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//