FAQs Complain Problems

Flash News

श्री सम्पूर्ण सामुदायिक विद्यालयहरू, पुथा उत्तरगङ्गा गाउँपालिका, तकसेरा रुकुम पूर्व । #भर्ना_गर्न/गराउनुहुन ।

इलेक्ट्रिकल टेक्निसियन पद सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

गाउँ प्रहरी सेवा करारबाट पदपूर्ती गर्ने सम्बन्धी सूचना !!!

मौजुता सूची दर्ता गर्ने सम्बन्धी सूचना !!!

आर्थिक वर्ष २०८१।०८२ को खर्च विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना

जन्मदर्ता

लाग्ने समय: 
कागजात पूरा भएमा सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी ।
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) बालकको बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३) अस्पतालमा जन्म भएकाको हकमा सञ्चालित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि,
४) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको खोप प्रमाणपत्र,
५) विदेशी भएका आमा बुवाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयमा बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि,
६) बुवा बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

प्रक्रिया: 

१) घटना घटेको ३५ दिनभित्र नाबालकको बाबु वा आमाले वडा कार्यालयमा गई निवेदन दिने,
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सर्जमिनमा जेठो व्यक्तिले सूचना दिने,
३) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//