Flash News
उपस्थित हुने सम्बन्धमा ।
विषय : उपस्थित सम्बन्धमा ।
श्री गाउँ सभा सदस्यज्यूहरू सबै,
पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व।
प्रस्तुत विषयमा यस पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष एवम् गाउँसभाका अध्यक्ष श्री पुनीराज घर्तीज्यूको आदेशानुसार तपसिलको मिति, समय र स्थानमा देहाय बमोजिमका एजेण्डामाथि छलफल गर्नुपर्ने भनि २० औं गाउँसभाको आह्वान भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ।
बैठकका एजेण्डाहरु :
१. आ.व. २०८२।०८३ को नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा ।
२. आ.व. २०८२।०८३ को आय व्यय अनुमोदन (वार्षिक बजेट) अनुमोदन सम्बन्धमा ।
३. विभिन्न ऐन एवम् कार्यविधिहरू संशोधन एवम् अनुमोदन सम्बन्धमा ।
४. विविध सम्बन्धमा ।
तपसिल :
सभाको बैठक सञ्चालन मिति: २०८२।०३।०९ गते
स्थान : पुथा उत्तरगङ्गा गाउँपालिकाको सभाहल ।
समय : बिहान ११:०० बजे ।