FAQs Complain Problems

Flash News

सूचना

तहवृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

गाउँ प्रहरी भर्ना सम्बन्धी सूचना !!

उत्तरगङ्गा नदि र सानोभेरी नदिमा राखिएको ह्युम पाइप निकालिने सम्बन्धी सूचना !!!

सूचना !!!

सूचना !!!

भुक्तानीका लागि कागजात पेश गर्ने सम्बन्धी सूचना !
(प्रकाशित मितिः २०८२/०३/०२ गते)
आर्थिक कार्यविधि तथा वितीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा कार्यालयले विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक बर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ। सोहीबमोजिम २०८२ असार २४ गते रातिदेखि भुक्तानी प्रणाली बन्द हुने भएकोले यस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सम्झौता गरी योजना तथा कार्यक्रम कार्यान्वयन गरेका व्यक्ति, फर्म, उपभोक्ता समिति, निर्माण व्यवसायीका साथै सम्बन्धित सरोकारवालाहरूले भुक्तानीका लागि २०८२ असार १५ गते कार्यालय समयभित्र कागजात पेश गरिसक्ने जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। निर्धारित समयभित्र रीतपूर्वक कागजात पेश नगरी तोकिएको समयभित्र भुक्तानी हुन नसकेमा स्वयम् व्यक्ति, कर्मचारी, फर्म, उपभोक्ता समिति, निर्माण व्यवसायी वा सम्बन्धित सरोकारवला नै जिम्मेवार हुनुपर्ने ब्यहोरा समेत अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।