FAQs Complain Problems

Flash News

उपस्थित सम्बन्धमा । (कार्यपालिका बैठक)

सहभागिता सम्बन्धमा ।

विद्यालय शिक्षक/कर्मचारीहरू पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम दरखास्त परेका उम्मेदवारहरूको नामावली प्रकाशन ।

विद्यालय शिक्षक/कर्मचारी पदको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

श्री देउराली माद्यमिक विद्यालय -५को आवश्यकता सम्बन्धी सूचना

वडा नं १४

राङ्सी केन्द्र रहेको यस वडामा नाखा, पानीचौर, काफलडाँडा, गोठाबाङ गाउँ रहेका छन् । ४७.९४ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २०९८ रहेको छ । साविकको राङ्सी गाविसको ९ वटै वडालाई हालको गाउँपालिकाको वडा नं.१४ कायम गरिएको छ । यहाँ बुढा, रोका, पुन, घर्ती थरका मगरसँगै कामी, दमाई, नेवार र मल्ल थरका मानिसहरु पनि बसोबास गरिरहेका छन् ।
१४ नं. वडाका प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

पानीचौर :- पुथा हिमाल लगायत धौलागिरी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्ने उत्तम थलो हो । ५० सालको दशकसम्म गोर्खा भर्तीको छनौटस्थलको रुपमा ख्याती कमाएको थियो । यहाँ ब्रिटिश आर्मी र सिंगापुर पुलिस भर्तीको प्रारम्भिक छनौट हुन्थ्यो । सङ्लो र धितमर्दो मूलपानी पानीचौरको मुख्य विशेषता हो ।

सेपे धुरी :- स्थानीयहरुले सिप्या भन्ने गरेको सेपे धुरी दुरसञ्चार संरचना विस्तारको दृष्टिले रुकुम पूर्वको मुटु हो । यो भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमाना पनि हो ।

मण्डली, सिद्द र डिग्रे थान :- राङ्सी गाउँकव शिरमा मण्डली थान छ । मण्डली थानको माथि सिद्द थान छ । यस्तै पानीचौरको बाँयापट्टि डिग्रे थान छ । डिग्रे थानलाई बराह थान पनि भनिन्छ । रङ्स्यालाहरु कार्तिक औँशीका दिन सिद्द थान, त्यसै महिनाको पूर्णिमाको दिन डिग्रे थान र जेठ पूर्णिमाको दिन मन्डली थानमा पूजा गर्दछन् ।

छोर्‍याकोइ गुफा :- राङ्सी नजिकै यो गुफा रहेको छ । फुच्चे केटोले एउटा चुच्चो परेको थुम्कोलाई दुई हातको आडमा अड्याएजस्तो आकृति देखिएकोले छोर्‍याकोइ गुफा भनिएको हो । छोर्‍या भन्नाले किशोरावयको उमेर नपुगेको केटो र कोइ भन्नाले कोट हो; जुन कोटलाइ स्थानीय बासिन्दाले सुरक्षा प्रयोजनार्थ गढको रुपमा उपयोग गर्दछन् ।

Ward Contact Number: 
९८६३५४५१४०

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।