FAQs Complain Problems

Flash News

आ.व. २०८३।८४ को लागि न्युनतम रोजगारीमा संलग्न हुन बेरोजगार व्यक्त्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना ।

आ.व. २०८३।८४ को लागि न्युनतम रोजगारीमा संलग्न हुन बेरोजगार व्यक्त्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना ।

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको आवेदन भराउने सम्बन्धित सूचना ।

गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना !!!

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय/वडा कार्यालय
सेवा शुल्क: 
रु५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतवासको निजको परिचय खुल्ने सिफारिस,
४) २ प्रतिफोटो,
५) घर वहाल सम्झौता,
६) आफ्नै घर टहरा भए चालु आ व सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद,
७) स्थानीय तहको नाममा दर्ता गरी व्यवसाय दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने,
२) वडा अध्यक्ष/वडा सदस्य वा वडा सचिवले वा सम्बन्धित फाँटमा तोक आदेश गर्ने,
३) निवेदकले तोकेको शुल्क बुझाउने,
४) दर्ता/चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//