FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०१-२०८०।०८१, रोजगार संयोजक पद)

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

वडा कार्यालयहरु

वडा नं १

मैकोट केन्द्र रहेको यस वडाका मैकोट, पुषर, जुनाङ र दुले प्रमुख गाउँ हुन् । पुन, घर्ती, बुढा, रोका, कामी, दमाई, गुरुङ र शाहीठकुरी जातिका मानिसहरु यस वडामा बसोबास गर्दछन् । ३४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको जनसङ्ख्या १४३३ रहेको छ । साविकको रन्मामैकोट गाविसको १, २ र ३ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. १ कायम गरिएको छ । यस वडाको सिङ्गो लेकाली भू-भाग ढोरपाटन वन्यजन्तु आरक्षभित्र परेकाले सोहि ओगटिएको भूगोल वडाको क्षेत्रफलसँग जोडिएको छैन । यद्यपि वडाको स्थानीय अर्थतन्त्र र जनजीविका आरक्षित क्षेत्रसँग अन्योन्याश्रित छ ।
वडा नं.१ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

वडा नं १४

राङ्सी केन्द्र रहेको यस वडामा नाखा, पानीचौर, काफलडाँडा, गोठाबाङ गाउँ रहेका छन् । ४७.९४ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २०९८ रहेको छ । साविकको राङ्सी गाविसको ९ वटै वडालाई हालको गाउँपालिकाको वडा नं.१४ कायम गरिएको छ । यहाँ बुढा, रोका, पुन, घर्ती थरका मगरसँगै कामी, दमाई, नेवार र मल्ल थरका मानिसहरु पनि बसोबास गरिरहेका छन् ।
१४ नं. वडाका प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

वडा नं १३

पिपलटुङ केन्द्र रहेको यस वडाका अन्य गाउँ पद्मी, बिर्गुम, ओख्मा र खैरे हुन् । २६.३७ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या १०७७ रहेको छ । साविकको कोल गाविसको वडा नं. ६ र ७ लाई हालको गाउँपालिकाको वडा नं. १३ कायम गरिएको छ । यहाँ मगर, गुरुङ, थकाली, क्षेत्री, छन्त्याल, नेवार जातिको बसोबास रहेको छ ।
वडा नं. १३ का पर्यटकीय गन्तव्य र आकर्षणहरु :-

वडा नं १२

कोल केन्द्र रहेको यस वडामा गोलखाडा, गर्खानी, फल्नै, छमारी र जाजरबाङ (‌ओख्मा) गाउँ रहेका छन् । ३५.९१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २०५० रहेको छ । साविकको कोल गाविसको १, २, ३, ४, ५, ८ र ९ नं. वडालाई हालको गाउँपालिकाको वडा नं.१२ कायम गरिएको छ । यहाँ पुन, बुढा, रोका, घर्ती थर भएका मगरसँगै कामी, दमाई, छन्त्याल, ठकुरी र क्षेत्री जातिको बसोबास रहेको छ । एक समयमा जिल्ला सदरमुकाम र गाउँपालिका केन्द्र दुवै यस वडा रहेका थिए ।
वडा नं.१२ का पर्यटकीय गन्तव्य र आकर्षणहरु :

वडा नं ११

उपल्लो सेरा केन्द्र रहेको यस वडामा तल्लोसेरा, दम्चन, तुँपा र खोरे ताँतु गाउँ रहेका छन् । ५५.७५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या १५१५ रहेको छ । साविककव तकसेरा गाविसको ७ र ८ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. ११ कायम गरिएको छ । यहाँ बुढा, घर्ती र पुन थरका मगरसँगै कामी र दमाई जातिका मानिसहरु बसोबास गर्दछन् ।
वडा नं.११ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

वडा नं १०

तक केन्द्र रहेको यस वडाका अन्य गाउँ बाच्छीगाउँ र घुम्लीवाङ पनि हुन् । तक आफैमा गाउँपालिका केन्द्र पनि हो । ७५.०५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २१४३ रहेको छ । साविकको तकसेरा गाविसको १, २, ३, ४, ५, ६ र ९ नं. वडालाई हालको गाउँपालिकाको वडा नं.

वडा नं ९

खाराबाङ केन्द्र रहेको यस वडाका अन्य गाउँहरु पुनमचौतारा (कुकुरथाडे), डाँडागाउँ र साकिनाबोट हुन् । ३७.६८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसंख्या १,०१८ रहेको छ । साविकको जाङ गाविसको ८ र ९ वडालाई हालको गाउँपालिकाको वडा नं.

वडा नं ८

खराङ केन्द्र रहेको यस वडाका अन्य गाउँहरु गराली , गुङ ,चुमा हुन् । ८१.८८ वर्गकिलोमिटर रहेको यस वडाको जनसंख्या १,२५२ रहेको छ । साविकको जाङ गाविसको ३ देखि ७ सम्मको वडालाई हालको गाउँपालिकाको वडा नं. ८ कायम गरिएको छ । यहाँ मल्ल ,सेन , शाही , थरका ठकुरीसँगै क्षेत्री , कामी ,मगर बसोबास गर्छन् । तुलनातमक रुपमा वडा नं. ९ बाहेक अन्य वडाभन्दा यहाँका वासिन्दा बढी साक्षर र गाउँहरु पनि उस्तै सफा छन् । वडा नं.

वडा नं ७

जाङ केन्द्र रहेको यस वडाका अन्य गाउँ खारखोला र घुर्बाङ हुन् । २२.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसंख्या ८१४ रहेको छ । साविकको जाङ गाविसको १ र २ वडालाई हालको गाउँपालिकाको वडा नं. ७ कायम गरिएको छ । यहाँ मगर,कामी ,दमाई,क्षेत्री र ब्राहमण बसोबास गर्दछन् । अधिकत्तम भूभाग भिरैभिरले आगटेको यस वडामा घाँसको व्यावसायिक खेती फस्टाउन सक्छ । यसो गर्दा भिरालो जमिन पनि उपयोगमा आउने मात्र नभई भुक्षय न्यूनीकरणमा योगदान पुर्‍याउन सकिन्छ ।
वडा नं.७ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

वडा नं ६

मयाङ केन्द्र रहेको यस वडाको एउटा हिस्सा डिम्मुरगैरा पनि हो । १३.६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको जम्मा जनसङ्ख्या ६२५ रहेको छ । साविकको हुकाम गाविसको वडा नं. ८ र ९ लाई हालको गाउँपालिकाको वडा नं.

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।