FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

वडा नं ३

रन्मा यस वडाको एउटै सिंगो गाउँ हो । यहाँ बुढा थरका मगरसँगै कामी र दमाई बसोबास गर्छन । १०.२२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ६४६ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं. ६ र ७ लाई हालको गाउँपालिकाको वडा नं. ३ कायम गरिएको छ । प्रशस्त बुकीक्षेत्र रहेको यस वडाका थुप्रै आकर्षक थलोहरु छन् । यस वडाको सिंगो लेकाली भूभाग ढोरपाटन शिकारआरक्षभित्र परेकोले सोही ओगटिएको भूगोल वडाको क्षेत्रफलसङ्ग जोडिएको छैन । यद्यपी वडाको स्थानीय अर्थतन्त्र जनजीविका आरक्षित क्षेत्रसँग अन्योन्याश्रित छ । नक्साङ्कनका आधारमा यो पुथा उत्तरगङ्गाको सबैभन्दा कम क्षेत्रफलको वडा हो ।
वडा नं.३ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :-

सुनदह :- वडा नं.३ को सबैभन्दा आकर्षक पर्यटकीय स्थल नै सुनदह हो । ४४३५ मिटर उचाइमा अवस्थित सुनदह १ लाख ८३ हजार वर्गमिटर जमिनमा फैलिएको छ । ढोरपाटन वन्यजन्तु आरक्षभित्र रहेका दहहरुमध्ये सबैभन्दा ठूलो दह यहि हो । मङ्सिरदैखि वैशाखसम्म दह बरफले ढाकिएको हुन्छ । परापूर्वकालमा यस दहको पानी छोए सुनमा परिणत हुन्थ्यो भन्ने जनविश्वास छ । डोल्पालीहरु यसलाई आस्थाको कुण्डको रुपमा यहाँ बास गरेका भनिएको बराह भैरवको नाममा पूजा गर्दछन् ।

राक्षसदह :- ४७१५ मिटर उचाइमा अवस्थित राक्षस दह १४३२४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । मानवशून्य लेकको सिरानमा अति डरलाग्दो देखिँदा राक्षस दह भनिएकव स्थानीय रन्मालीहरुको बुझाइ छ । रन्मालीहरुले खासमा यसलाई राक्से दह भन्ने गर्दछन् । गहिरो खोंचमा रहेकाले यसको गहिरालई सुनदहको भन्दा धेरै रहेको छ ।

सुनछहरा :- सुनदह पुग्न नभ्याएकाहरुबाटै सुम्लाकोइको फेदमा मूलपानी मिसिएर बग्ने पानीको छहरालाई सुनदहबाटै बहेको छहरा ठानिएपछि यो छहराको नाम ख्यालख्यालमै "सुनछहरा" रहन गएको मानिन्छ । सुनछहराको दृश्य वर्षातको बेला वडा नं.१, २ र ५ को लेकाली भू-भागबाट स्पष्ट र रमणीय देखिन्छ ।

चौरीखर्क लेक :- यहाँ रहेका ‌ओडारहरु नै मुख्य आकर्षण हुन् । पुथा उत्तरगङ्गामा अवस्थित ओडारहरुमध्ये सबैभन्दा ठूलो र आकर्षक ओडार यहि पर्दछ । नौारा पनि यहाँको अर्को आकर्षण हो । चट्टानी पहराबाट पानीको नौ वटा फोहोरा धाराको रुपमा निस्किनु अनौठो छ ।

Ward Contact Number: 
९८६४९८७८८७

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।