FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०१-२०८०।०८१, रोजगार संयोजक पद)

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

वडा नं २

पेल्मा केन्द्र रहेको यस वडाका अन्य गाउँहरु यमाखार, झार्लुङ, हिम, गुइबाङ, तिज्याङ, रल, हार्दिवाङ र जुस्मर हुन् । यहाँ बुढा, घर्ती, पुन, रोका, झाँक्री, कामी, खत्री, दमाई लगायतका जातिहरु बसोबास गर्दछन् । ३०.६१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ९२६ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं. ४ र ५ लाई हालको गाउँपालिकाको वडा नं.२ कायम गरिएको छ । यस वडाको सिङ्गो लेकाली भू-भाग ढोरपाटन वन्यजन्तु आरक्षभित्र परेकाले सोहि ओगटिएको भूगोल वडाको क्षेत्रफलसँग जोडिएको छैन ।
वडा नं.२ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

पेल्मा :- पुथा उत्तरगङ्गामा व्यावसायिक स्याउखेतीको अगुवाइको श्रेय पेल्माले पाएको छ । स्याउबारीमै अतिस र बिखेमा लगायतका जडिबुटीको खेती गरेर यहाँका कृषकले दिगो आयआर्जनको बाटो समाएका छन् । अन्य वडाका कृषकले पनि अन्यत्र यहाँको जस्तै स्याउबारीको बहुआयामिक लाभबाट प्रभावित भई खेती गर्न थालेकाछन् । कृषि तथा वनविज्ञान र आयुर्वेदमा शोधार्थरत विद्यार्थीलाई इनटर्नशीप गराउन यता तान्न सकिन्छ । बागवानी विज्ञको ध्यान तान्न सके अझ उचित प्रतिफल पाइने देखिन्छ । पेल्मा कुनैबेला यस भेगमै प्रारम्भिक ज्ञान हासिल गर्न सकिने मुख्य केन्द्र समेत थियो ।

पुपाल :- यार्सागुम्बाको पकेट एरिया भएकाले अति कहलिएको नाम हो । ४३५५ मिटर उचाइमा ३ हजार २ सय १० वर्गमिटर क्षेत्रफलमा फैलिएको "पुपाल दह" को नामले कालान्तरमा यहि पेरिफेरिको भूगोल नै "पुपाल" नामले ख्याती कमायो । पुपाल क्षेत्र वन्यजन्तु आरक्षको सेङ ब्लकमा पर्दछ । यस भेगमा उम्रिने यार्सागुम्बाको दिगो सङ्कलन कार्यलाई मात्र पनि मूर्त दिन सकियो भने यसबाट लाभान्वित हुने समुदायको आर्थिक जीवनस्तर उकास्न सहज हुनेछ । २०५६ सालमा राज्यपक्षद्वारा रुकुम र रोल्पालाई लक्षित गरी सञ्चालन गरेको "किलो सेरा टु" अपरेसनका क्रममा जेठ २७ गते पुपालघारीमा ४ सर्वसाधारणलाई दङ्गा प्रहरीले हत्या गरेको थियो । यार्सा टिप्न बुकी उक्लिने सङ्कलनहरुका लागि पुपाल मुख्य प्रस्थानबिन्दु हो ।

तातापानी :- झार्लुङ खोला किनारामा अवस्थित तातापानी पुथा उत्तरगङ्गा गाउँपालिकामा मात्र नभई जिल्लाकै सबैभन्दा ठूलो मुहान भएको तातोपानीको स्रोत हो । तातापानी मुहान नजिकै झार्लुङ खोला र सानीभेरी खोला बग्ने गरेका छन् । पछिल्लो समय टाढाटाढाबाट नुहान आउनेको सङ्ख्या बढ्दो छ । मौलिक वास्तुकला देखिने गरी स्थानीयले कुण्डको रुपमा व्यवस्थित संरचना खडा गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

दोगारी हिमाल :- ६५३६ मिटर अग्लो यो हिमालको बायाँतर्फ र साम्जाङ हिमालको दायाँपट्टि रहेको छ । यसलाई दोगारी पहिलो पनि भनिन्छ । यो हिमाल २८ डिग्री ४६ मिनेट ०० सेकेण्ड उत्तरी अक्षांश र ८३ डिग्री ०६ मिनेट ०१ सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ । दोगारी हिमालको नामबाटै यसको फेदीको आसपासको लेकाली भू-भागलाई ढोरपाटन शिकार आरक्षले नाउर र झारल शिकारका लागि "दोगारी ब्लक" नामको आरक्षित क्षेत्र छुट्याएको छ । यो हिमालले यस गाउँपालिकाको वडा नं.१ र २ को संयुक्त भुभाग ओगटेको छ ।

पान दह :- पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं.१ र २ को भूभाग समेटेको यो दह पानको पात आकारको दह हो । यो प्रेमका प्रतीक चिन्हको रुपमा पनि चिनिन्छ । करिब ४६ सय मिटर उचाइको हाराहारीमा अवस्थित यो दहले करिब ३ सय वर्गमिटर हाराहारीको क्षेत्रफल ओगटेको छ ।

Ward Contact Number: 
९८६३२८०९८१

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।