FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०१-२०८०।०८१, रोजगार संयोजक पद)

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

वडा नं ११

उपल्लो सेरा केन्द्र रहेको यस वडामा तल्लोसेरा, दम्चन, तुँपा र खोरे ताँतु गाउँ रहेका छन् । ५५.७५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या १५१५ रहेको छ । साविककव तकसेरा गाविसको ७ र ८ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. ११ कायम गरिएको छ । यहाँ बुढा, घर्ती र पुन थरका मगरसँगै कामी र दमाई जातिका मानिसहरु बसोबास गर्दछन् ।
वडा नं.११ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

उत्तरगङ्गा नदी : बाग्लुङको ढोरपाटन उपत्यकाको ढोरबराह मूल भई बग्ने उत्तरगङ्गा खोलाले रुकुम पूर्वको सीमाना प्रवेश गर्दासम्म नदीको रुप लिन्छ । वर्षातको अधिकांश समय धुलाम्मे नदेखिनु उत्तरगङ्गाको विशेषता हो । हिन्दु धार्मिक ग्रन्थमा उत्तरगङ्गा नदीलाई एक पवित्र नदीको रुपमा चित्रण गरिएकाले पनि यसको महिमा अरु बढेको हो । साहसिक जलक्रीडा गर्न यो नदी उपयुक्त देखिन्छ । यसबाट १ मेगावाटभन्दा बढी क्षमताको बिजुली निकाल्न सकिए सिङ्गो गाउँपालिकाको आर्थिक विकासमा कायापलट गर्न सकिने प्रशस्त सम्भावना छ । यी विविध आयामलाई दृष्टिगत गरी गाउँपालिकाको नामाकरण यही नदीको नामबाट गरिएको हो ।

चौरी लेक :- यस वडाकै सबैभन्दा अग्लो लेकको रुपमा चौंरी लेकलाई चिनिन्छ । १० नं. वडाको नरसिंह लेकभन्दा चौंरी लेक अग्लो रहेको स्थानीयहरुको अनुमान छ । चौंरी लेक भेडीखर्क त मात्र नभई यसलाई चोखो भूमिको रुपमा सेरालहरु आस्थाको केन्द्रको रुपमा बुझ्छन् । भुम्या पर्वको बेला यहाँका बासिन्दा चौरी लेकतर्फ उक्लिने गर्दछन् ।

छेरापाङ्गा गुफा :- उपल्लो सेराबाट दम्चन जाने बाटोसँगै उत्तरगङ्गा खोलाको किनारामा यो गुफा रहेको छ । छेरापाङ्गा गुफाको नामबाटै यस आसपासको भूगोलको नाम छेरापाङ्गा राखिएको हो । चमेरोको वासस्थान भएकोले कतिपयले यसलाई चमेरो गुफा पनि भन्ने गरेका छन् । छेरापाङ्गामा २०५२ फाल्गुण २ गते माओवादीले प्रहरीमाथि भरुवा बन्दुकको बलमा पहिलोपल्ट एम्बुसको अभ्यास गरेको थियो । एम्बुशमा एक प्रहरीले सहादत प्राप्त गरेको र माओवादीले एउटा थ्रि नट थ्रि राइफल कब्जा गरेको थियो ।

Ward Contact Number: 
९८४१७९७५८०

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।