FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

वडा नं १०

तक केन्द्र रहेको यस वडाका अन्य गाउँ बाच्छीगाउँ र घुम्लीवाङ पनि हुन् । तक आफैमा गाउँपालिका केन्द्र पनि हो । ७५.०५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या २१४३ रहेको छ । साविकको तकसेरा गाविसको १, २, ३, ४, ५, ६ र ९ नं. वडालाई हालको गाउँपालिकाको वडा नं. १० कायम गरिएको छ । यहाँ बुढा, पुन, घर्ती थरका मगरसँगै कामि, दमाई र गुरुङ जातिका बसोबास गर्दछन् । यस वडालाई मगर लोक संस्कृतिको खानी मान्दा अत्युक्ति नहोला । यहाँका वासिन्दा आर्थिक जीविकाकव दृष्टिले अन्य वडाको भन्दा सबल छन् । आफ्नो परम्पराप्रति अगाध आस्था राख्ने यहाँका वासिन्दाकर्मी माहुरीजस्तै अनेक पेशा र व्यवासायमा संलग्न मात्र छैनन्, उस्तै मेहनति, लगनशील र पौरखी पनि छन् । तकसेरा काम्लो (राडिपाखी) र ओखरको घाँजीको लागि प्रख्यात मानिन्छ । तक गाउँमै रहेको प्रहरी थानालाई २०५६ चैत्र २४ को राति कालीबहादुर खामको कमाण्डमा आक्रमण गरिएको थियो । ७५ जनाको प्रहरी टोलीमाथि गरिएको यो आक्रमणमा १४ प्रहरी र २ माओवादीले सहादत प्राप्त गरेका थिए ।
वडा नं. १० का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

तक गाउँ :- ४ सय भन्दा बढि घरधुरी रहेको यो गाउँ आफैंमा एक जीवित सङ्ग्रहालय हो । गिलास खप्ट्याएजस्तो गरी बनेका घरका संरचाले पर्यटक आकर्षित हुन्छन् । मानव बसोबासको हिसाबले तक गाउँ देशकै नमुना मानिन्छ । प्रसिद्द लोकनृत्य, भुम्या नाचको उद्गमथलो यहि आदिम बस्ती हो । यो गाउँमा वि.सं.२०४० साल माघ महिनाको १० गते स्वर्गीयद्वय राज वीरेन्द्र र रानी ऐश्वर्य शाहको राजकीय भ्रमण भएको थियो । अमेरिकी मूलका प्रसिद्द भाषा वैज्ञानिक डेविड वाटर्सले तकसेरामै बसेर यस भेगको मगर खाम भाषाको गहन अध्ययन गरी अमेरिकाको ओरेगन विश्वविद्यालयबाट पी.एच.डी. (डाक्टरेट) को शैक्षिक उपाधि हासिल गरेका थिए । पीसकोरको रुपमा समेत वाटर्स तकसेरा बस्ने क्रममा सिङ्गल इन्जिनयुक्त पिलाटस पोर्टर जहाजको उडान हुन्थ्यो भने त्यतिबेलै उनीसँगै स्याटेलाइट फोनको सुविधा थियो । नेपालबाट फर्केपछि उनी ओरेगन सम्मर इन्स्टिच्युट अफ लिङग्विस्टिक्सको निर्देशक बने । विख्यात जर्मन मानवशास्त्री माइकल अपिज सन् १९७० को दशकमा ७ वर्ष बसाइ गरी यहाँका झाँक्रीबारे व्यापक खोज अन्वेषण गर्दै विविध शोधग्रन्थ प्रकाशन गरे । साथै उनले 'शामान्स् अफ दि ब्लाइन्ड ल्याण्ड' शीर्षकको ६ घण्टा लामो वृत्तचित्र (डकुमेन्टरी) तयार गरे ।

रामाजिमा :- झाँक्रीलाई रमा र बस्ने घरलाई जिम भनिन्छ । झाँक्री बस्ने घर भनिएकाले यहाँ रहेका झाँक्रीको घर तथा आममान्छेका लागि थानको ऐतिहासिक महत्व गहिरो छ । ४२०० मिटर उचाको लेकाली भू-भागमा अवस्थित यो रामाजिमा धार्मिक गन्तव्यको थलो हो । यहाँ वडा नं. १० र ११ का बासिन्दाले भदौरे पूर्णिमा (जनैपूर्णिमा) को दिन भेडाको साँड बलि दिएर बराह पूजा गर्दछन् । यहाँ बस्ने भनिएका झाँक्री देवतालाई खुशी पार्न, रोटी लगायतका खान्कीले पुज्ने गर्दछन् ।

Ward Contact Number: 
९८४५४५६३६१

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।