Flash News
पुथा उत्तरगङ्गा गाउँपालिकाको संक्षिप्त परिचय
पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल र राङ्सी गरी ६ गा.वि.स.हरु समेत समावेश भएका छन्। ३६०.३४ वर्ग कि.मि. क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको जनसङ्ख्या १८९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा भूमे गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकमा रहेको छ ।
स्थानीय तहको निर्वाचन - २०७९ मा २०७९ वैशाख ३१ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ । १४ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।