header AD
All wards
आधारभूत जानकारी
हर्क प्रसाद रोका
9846310476
puthaward9@gmail.com
पुथा उत्तरगङ्गाग गाउँपालिका-९, रुकुम पूर्व
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
खाराबाङ केन्द्र रहेको यस वडाका अन्य गाउँहरु पुनमचौतारा (कुकुरथाडे), डाँडागाउँ र साकिनाबोट हुन् । ३७.६८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसंख्या १,०१८ रहेको छ । साविकको जाङ गाविसको ८ र ९ वडालाई हालको गाउँपालिकाको वडा नं. ९ कायम गरिएको छ । यहाँ मगर , कामी ,क्षेत्री , दमाई ,छन्त्याल बसोबास गर्दछन् । यस वडाका अधिकांश बासिन्दा खाराबाङदेखि माथिल्लो भाग लाबाङमा वस्तुभाउ पाल्नकै लागि अस्थायी रुपमा समेत बस्दछन् । गाउँपालिकामै सबैभन्दा साक्षर वडा हो । राजनीतिक तथा शैक्षिक दृष्टिले कुनै बखत पुथा यत्तरगङ्गा क्षेत्रको अगुवाइ गरेको वडा हो । दलितहरु स्वाभाविक रुपमा पिछडिएका वा पछाडि पारिएका भन्दै आइएको सन्दर्भमा यहाँका दलित समुदाय भने ज्यादा जानेबुझेका छन् । पढाइलेखाइमा अन्य जातिसँग चर्को प्रतिस्पर्धा गर्न माहिर छन् ।
वडा नं. ९ का प्रमुख पर्यटकीय गन्तव्य तथा आकर्षणहरु :

रक्तकुण्ड :- लाबाङमा रहेको यो पोखरी रगतको आहाल जस्तो देखिने भएकाले रक्तकुण्ड भनिएको हो । हिउँद र वर्षात दुवै सिजनमा यो रगत जस्तै रातो देखिन्छ । यसो हुनु र देखिनुको कारणबारे रोचन किंवदन्ती सुन्न सकिन्छ ।

फुर्का धुरी :- रुखका हाँगाबिँगा काटेर टुप्पोमा बाँको सानो अंश मात्र राखिएको भागलाई फुर्को भनिन्छ । मगर खाममा फुर्कोलाई नै फुर्का भनिन्छ । रुखलाई काटेर फुर्का पालेजस्तो देखिने भएकाले कुकुरगाडे (पुनमचौतारा) को शिरमा रहेको उच्च भागको नाम फुर्का धुरी रहन गएको हो । यहाँबाट पुथा हिमाल लगायत धौलागिरी हिमश्रृङ्खला, सानीभेरी ऐना जस्तै प्रस्ट देखिन्छन् ।

खाराबाङ :- "खारलाउ बाङ" अपभ्रंश भई "खाराबाङ" हुन आएको हो । दुई वा दुईभन्दा बढीको बीचको साझा चौरलाई मगर खाम भाषामा खारलाउ बाङ भनिन्छ । कुनै बेला खाराबाङ चारहजार पर्वत र सातगाउँखोलाको साझा खर्क थियो । अहिले मुख्य बस्ती बसेको चौरमा असारे खर्क बसाइन्थ्यो । खर्कको स्वामित्व सम्बन्धमा जहिले पनि मतभेद र झै-झगडा हुन्थ्यो । मतभेदले हिंसाको रुप लिने सम्भावना बढेको साथै यस्तो नकारात्मक मतभेदले निम्त्याउन सक्ने तीतो यथार्थलाई मध्यनजर राख्दै आपसी सहमतिबाट दुवैतर्फका केही घरका रैथानेलाई यहाँ बस्ती बसाएर जीवन निर्वाह गर्न यो खाराबाङ भेग सुम्पिएको थियो । यसरी दुईबीचको झगडा टुङ्गो लागेको थियो । चारहजारपर्वतबाट "रोका" थरका मगर र सातगाउँखोलाबाट "बुढा" थरका मगरले खाराबाङमा रैथानेको रुपमा बसाइ सुरु गरेका थिए । कालान्तरमा बुढा थरले खाराबाङ उति नरुचाएपछि स्वत:स्फूर्त नजिकैको काँँडा, चाँडातिर बसाइ सरेको र रोकाहरुले ठाउँ छाडेनन् । अहिले खाराबाङमा रोका थरको बाहुल्यता अरु थरका भन्दा दुई तिहाइले बढ्नुको कारण यसैले पनि हो भनिन्छ । एकमुष्टमा भन्नुपर्दा चारहजारपर्वत र सातगाउँखोलाले आपसी समझदारीमा रैती बसाएको ठाउँको रुपमा चिनिन्छ ।

कुन्दला दह :- लालपाटन फाँटको माथिल्लो हाइट कटेपछि यहाँ पुग्न सकिन्छ । यो भेगको एक्लो दह पनि हो ।

तामाखानी सुरुङ :- लाबाङ जाने बाटोको पातीहाल्ना बिसाउना नजिकै तामाखानी रहेको छ । राणा शासनकालसम्म यहाँ तामा निकालिन्थ्यो । जमिनबाट तामा निकाल्न खनिएको सुरुङभित्र अझै पनि मानिस सहजै पस्न सक्छन् ।
नक्शा दृश्य (Map View)
Map coordinates not available